close

१० लाख नाघ्यो टेलिकमको भीओएलटीई सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या

टेकपाना टेकपाना

माघ २२, २०७८ ११:५५

१० लाख नाघ्यो टेलिकमको भीओएलटीई सेवा प्रयोग गर्ने ग्राहकको  सङ्ख्या

काठमाडौं । नेपाल टेलिकमले परीक्षणको रुपमा सुरु गरेको भीओएलटीई सेवा प्रयोग गर्ने ग्राहक सङ्ख्या १० लाख नाघेको छ । कम्पनीको १८ औँ  वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कम्पनीकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले यसको जानकारी दिएकी हुन् ।

उनका अनुसार भीओएलटीईमा सक्रिय ग्राहक सङ्ख्या एक लाख ६० हजार रहेका छन् । कम्पनीले आजैदेखि आफ्नो उक्त सेवालाई औपचारिक रुपमा सुरु गर्दैछ ।

अर्को तर्फ कम्पनीको फोरजी सेवा प्रयोग गर्ने ग्राहक सङ्ख्या भने ८१ लाख ७४ हजार पुगेको छ । यसका लागि ७७ ओटै जिल्लाका ७२० स्थानमा ३ हजार ८१६ फोरजी बीटीएस तयार पारिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५