काठमाडौं । एनआईसी एसिया बैंकले गत कात्तिकदेखि सञ्चालनमा ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ मा मोबाइल बैंकिङदेखि प्रिपेड कार्ड डलरसम्मका सेवा पाँच वर्षका लागि निःशुल्क गरिएको छ । साथै यो खाता खोल्ने ग्राहकका लागि बैंकले ८४ लाखसम्मको बीमा सुविधा ल्याएको छ ।
यो बचत खाता खोल्ने ग्राहकले तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्नसक्ने जनाइएको छ ।
बैंकले डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वार्षिक क्रेडिट कार्ड शुल्क, प्रिपेड कार्ड डलर, डिम्याट खाता एवं मेरो शेयर शुल्क पाँच वर्षका लागि निःशुल्क गरेको छ ।
क्रेडिट कार्ड जारी र वार्षिक शुल्क समेत निःशुल्क गरिएको छ । चेक क्लियरिङ, आरटीजीएस, आईएपीएस/सीपीएस/फन्ड ट्रान्स्फर पनि पाँच वर्षका लागि निःशुल्क गरिएको छ ।
त्यस्तै देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क गरिएको छ ।
सर्वश्रेष्ठ खातामा बीमा सम्बन्धी तीन, कर्जा सम्बन्धी तीन र अन्य १८ वटा फाइदा रहेका छन् ।
सर्वश्रेष्ठ बचत योजनालाई बैंकले ग्राहकको चाहनाअनुसार तीन प्रकारले विभाजन गरेको छ, गुडविल एम्बेसडर, प्राइड र पार्टनर ।
गुडविल एम्बेसडर बैंकका ‘टप कस्टमर’ का लागि हो । यसमा न्यूनतम ब्यालेन्स एक लाख रुपैयाँ हुनुपर्छ । सबै किसिमको सुविधा र फाइदा एम्बेसडरमा रहेका छन् ।
बैंकले हिसाब गरेअनुसार गुडविल एम्बेसडरमा खाता खोल्ने ग्राहकले पाउने प्रतिफल ३३९ प्रतिशत हुन्छ ।
मध्यमस्तरको लागि ‘प्राइड’ योजना छ । यसमा न्यूनतम ब्यालेन्स ५० हजार हुनुपर्छ । त्यस्तै, न्यूनतम ब्यालेन्स २५ हजार राखेर पार्टनर योजनामा खाता खोल्न सकिन्छ ।
फाइदाहरू फरक परे पनि यी सबै खातामा ब्याजदर भने एउटै हुन्छ । त्यस्तै बैंकले हरेक वर्गका ग्राहकले यस योजनाबाट सुविधा पाउनुपर्छ भनेर फरक किसिमको ‘कस्टुमर सेग्मेन्ट’ पनि उपलब्ध गराएको छ ।
जस्तो कि सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ मुद्दति बचत खाता, सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ नारी बचत खाता रहेका छन् ।