close

घरमै बसी ल्याब टेस्ट र औषधि अर्डर गर्न मिल्ने सुविधा आउँदै

टेकपाना टेकपाना

माघ २३, २०७८ ९:३४

घरमै बसी ल्याब टेस्ट र औषधि अर्डर गर्न मिल्ने सुविधा आउँदै

काठमाडौँ । लोकप्रिय एप हाम्रोपात्रोले ल्याएको टेलिहेल्थ सेवा ‘हाम्रोपात्रो हेल्थ’ मा नयाँ फिचर थपिने भएको छ । तीन महिनाअघि मात्र डक्टरलाई कल गर्न सकिने सुविधासहित सार्वजनिक भएको यो एप थप परिष्कृत भएर आउने भएको हो ।

हाल एपमा ५० भन्दा धेरै विशेषज्ञ डक्टर उपलब्ध छन् ।

‘स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुराहरूमा सीमितता नहुने हुँदा स्थानीय डक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसलाई यो अत्यधिक उपयोगी हुनेछ भनेर हामीले सोचेका छौं,’ हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले भने ।

त्यसबाहेक प्रयोगकर्ताले फलोअपको लागि डक्टरसँग च्याट गर्न सक्ने र आफूले चाहेको मितिमा क्यालेन्डरमानै अप्वाइटमेन्ट लिएर डक्टरसँग परामर्श लिन सक्ने सुविधा छिट्टै संचालनमा आउन लागेको उनले जानकारी दिए ।

साथै, प्रयोगकर्ताहरुले स्वास्थ्यसँग सम्बन्धित कुनैपनि विषयमा छलफल गर्न ‘हेल्थ फोरम’ र घरमै बसी ल्याब टेस्ट अनि औषधि अर्डर गर्न मिल्ने सुविधा पनि हाम्रो पात्रो हेल्थमा चाँडै नै प्रयोगकर्ताहरुले पाउने कुरा उप्रेतीले बताए ।

टेलिहेल्थ सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत प्रदान गरिरहेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट मात्र रु. २०० मा विज्ञ डक्टरसँग परामर्श लिन सक्नेछन् ।

पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो। त्यसपछि, हाम्रो पात्रोले नेपाली एपहरुमा नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

१० लाख अनि ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्ने हाम्रो पात्रो पहिलो नेपाली एप हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२