काठमाडौं । नजिकिँदै गरेको भ्यालेन्टाइन्स डे (प्रेम दिवस) को अवसरमा मोबाइल कम्पनी भिभोले ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ आयोजना गरेको छ ।
आजदेखि सुरु भएको यो कन्टेस्टमा सहभागीहरूले फोटो खिचेर आफ्नो सोसल मिडिया अकाउन्टमा शेयर गर्नुपर्ने हुन्छ र सबैभन्दा धेरै पोस्ट लाइक, शेयर, कमेन्ट तथा फोटोको सुन्दरताका आधारमा भिभोले प्रत्येकलाई ३० हजार रुपैयाँ बराबरको साउन्ड कोर रेभ पार्टी कास्ट स्पिकर प्रदान गर्नेछ ।
यो पुरस्कार उत्कृष्ट पाँच विजेताले प्राप्त गर्नेछन् ।
यो कन्टेस्टमा सहभागी हुन सहभागीहरूले आफ्नो परिवार, साथीभाइ, घरपालुवा जनावरहरूसँगको फोटो, कुनै स्थान अथवा आफूलाई मनपर्ने कुनै पनि विधाको उत्कृष्ट फोटो खिचेर ह्याशट्याग #भिभोटाइनडे #भिभोमोमन्ट्स तथा #भिभोनेपाल (#vivotineday, #vivomoments, #vivonepal) लेखेर सो फोटो शेयर गर्नुपर्नेछ ।
योसँगै भिभोले उपभोक्तालाई भिभो स्टोरहरूबाट ‘भी’ सिरिजका स्मार्टफोन किन्दा २००० रुपैयाँको छुट भाउचर उपलब्ध गराउनेछ, जसलाई अर्कोपटक ‘भी’ सिरिजको फोन किन्दा प्रयोग गर्न सकिनेछ ।
उक्त छुट भाउचर आगामी फेब्रुअरी २८ सम्म मान्य हुनेछ। त्यस्तै ५० जना भाग्यशाली विजेताले भिभोको टीडब्लूएस २ई इयरबड तथा ३०० भाग्यशाली विजेताले लक्की ड्र मार्फत स्मार्टफोन माउन्टिङ जित्न सक्नेछन् ।
यो अफर फेब्रुअरी ६ देखि १४ सम्म भिभो स्टोरहरूबाट भिभो स्मार्टफोन खरिद गर्दा लागू हुनेछ । विजेताको नाम फेब्रुअरी १५ मा सार्वजनिक गरिनेछ ।