close

स्मार्टफोनपछि अब ल्यापटप सार्वजनिक गर्दै जिओ

टेकपाना टेकपाना

माघ २३, २०७८ १७:२९

स्मार्टफोनपछि अब ल्यापटप सार्वजनिक गर्दै जिओ

काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जिओ विशेषगरी सेलुलर नेटवर्क र सस्तो उपकरण निर्माणका लागि परिचित छ । कम्पनीले भारतीय बजारमा ‘जिओ फोन’ सार्वजनिक गरिसकेको छ ।

अब भने जिओले आफ्नै ब्राण्डमा ल्यापटप ‘जिओ बुक’ ल्याउने तयारी गरेको छ । हालै यो ल्यापटपकाे हार्डवेयर सर्टिफिकेसन डकुमेन्ट सार्वजनिक भएको छ ।

सो डकुमेन्ट अनुसार एआरएम प्रोसेसरमा आधारित ल्यापटप विण्डोज १० मा रन हुनेछ । तर ल्यापटपबारे अन्य स्पेसिफिकेशन भने खुलाइएको छैन ।

हार्डवेयर स्वीकृतिपछि चाँडै नै यो ल्यापटप सार्वजनिक हुने अनुमान गरिएको छ ।

यो ल्यापटपकाे कम्पनीमा ‘एमडुअर डिजिटल टेक्नोलोजी लिमिटेड’ रहेको छ । यसको मतलब जिओले विक्रेताबाट उत्पादन खरिद गर्ने र यसलाई आफ्नै ब्रान्डिङमा बेच्ने योजना ल्याएको देखिन्छ ।

JioBook certification

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२