काठमाडौं । सामसङ ग्यालेक्सी एस२२ स्मार्टफोनको विषयमा धेरै चर्चा बाहिर आइरहँदा यसको आवरणको विषयमा नयाँ सूचना बाहिरिएको छ ।
बाहिरिएको जानकारी अनुसार सामसङले प्रयोगमा नआएको माछा पार्ने जालोको प्लास्टिकलाई रिसाइकल गरेर ग्यालेक्सी एस २२ फोन निर्माण गर्दैछ ।
समुद्रमा भेटिने सम्पूर्ण प्रकारको प्लास्टिकलाई रिसाइकल गरेर सामसङले चाँडै नै आफ्ना सम्पूर्ण उत्पादन निर्माण गर्ने बताएको थियो ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको प्रतिवेदनलाई उद्धृत गर्दै प्रत्येक वर्ष ६४०,००० टन माछा मार्ने जाल समुद्रमा फ्याकिन्छ, जसले गर्दा सामुद्रिक जीवन र कोरल चट्टानहरूका लागि खतरा रहेको बताउँदै सामसङले यस्ता फोहोरहरू रिसाइकल गरिनुपर्ने कुरामा जोड दिएको छ ।
यसको पहिलो उदाहरण हुनेछ, यही बुधबार सार्वजनिक हुन लागेको ग्यालेक्सी एस२२ स्मार्टफोन । यसरी रिसाइकल गरिएको सामग्री मोबाइलको कुन कुन भागमा प्रयोग गरिनेछ भन्ने विषयमा पूर्ण रुपमा जानकारी भने आइसकेको छैन ।