काठमाडौं । ईकमर्स प्लेटफर्म स्मार्टडोकोले भ्यालेन्टाइन्स डेको अवसरमा ‘डोको भरि माया’ अफर ल्याएको छ ।
यस अवसरमा ग्राहकहरुले आफ्ना प्रियजनका लागि परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामान किन्दा ७२ प्रतिशतसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएकाे छ ।
याे अवधिमा स्मार्टडोकोसँग किनमेल गर्ने तीन भाग्यशाली ग्राहकले २५ सय रुपैयाँको स्मार्टडोको गिफ्ट कार्ड जित्ने अवसर पाउन सक्नेछन् ।
साथै यस अवसरमा ‘डोको भरि माया ट्याग एण्ड विन गिभअवे’ पनि समावेश गरिएको छ, जहाँ कमेन्ट गर्ने चार भाग्यशाली व्यक्तिले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्ने कम्पनीले जनाएकाे छ ।
के के छन् उपहार ? १. स्मार्ट हृस्ट ब्यान्ड, टोबलेरोन डार्क चकलेट र गुलाबको फूल २. डट एण्ड कि कस्मेटिक्स, टोबलेरोन डार्क चकलेट र गुलाबको फूल ३. हर्नबुल वालेट र बेल्ट उपहार सेट, टोबलेरोन डार्क चकलेट र गुलाबको फूल ४. कर्भ डिजाइन स्मार्टवाच, टोबलेरोन डार्क चकलेट र गुलाबको फूल
स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्ट रहेकाे कम्पनीकाे भनाइ छ । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड-१९ का लागि आवश्यक सामग्री, फुड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्री स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् ।
साथै, ग्राहकले विहान ९ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउनसक्ने जनाइएकाे छ ।
काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडबाहिर तथा नेपालका सम्पूर्ण ७७ जिल्लामा निकै कम शुल्कमा सामान डेलिभरीको गरिरहेकाे कम्पनीकाे भनाइ छ ।
यो अफर माघ २६ देखि फागुन १ सम्म मान्य हुने जनाइएकाे छ ।