कस्तो कारबाही हुनसक्छ ? अथवा त्यस्तो कुन कानून छ, जसले विदेशमा रहेका नेपालीलाई समेत क्रिप्टोकरेन्सीमाथिको लगानीमा प्रतिबन्ध लगाउन सहयोग पुग्छ ? यस्ता थुप्रै प्रश्न तपाईँको मनमा पनि हुनसक्छन् ।
राष्ट्र बैंकले भर्खरै आफ्नो सचेतनामूलक तथा जानकारीमूलक एक सामग्रीमार्फत त्यसलाई प्रस्ट पार्ने कोसिस गरेको छ । क्रिप्टोकरेन्सी विदेशस्थित विभिन्न एक्सचेञ्जमा डिजिटल सम्पत्तिको रुपमा अमेरिकी डलर जस्ता फियट करेन्सी (कुनै पनि देशका सरकारले जारी गर्ने नोट वा मुद्रा) मा किनबेच हुने गर्छ ।
यस्तोमा विदेशमा त्यस्तो क्रिप्टोकरेन्सी खरिद गर्दा विदेशी मुद्रा अपचलन हुने भन्दै केन्द्रिय बैंकले मङ्गलबार प्रकाशित आफ्नो जनचेतनामूलक प्रकाशनमार्फत चिन्ता जाहेर गरेको छ । विदेशमा रहेका नेपालीले क्रिप्टोकरेन्सीमा लगानी गरेको खन्डमा विदेशी मुद्रा अपचलन तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ समेत उलङ्घन गरेको ठहर हुने राष्ट्र बैंकको भनाई छ ।
‘तसर्थ बैंक खाता, इलेक्ट्रोनिक कार्ड वा भुक्तानी सेवाप्रदायकको वालेटबाट मोबाइल एप तथा इन्टरनेट मार्फत भुक्तानी गरी त्यस्ता डिजिटल सम्पत्ति खरिद गर्ने कार्य गैरकानूनी रहेको छ,’ राष्ट्र बैंकले चेतावनी दिँदै भनेको छ ।