close

टु–स्टेप भेरिफिकेसले ५० प्रतिशत घट्यो गुगल अकाउण्ट ह्याक हुने क्रम

टेकपाना टेकपाना

माघ २६, २०७८ ११:१९

टु–स्टेप भेरिफिकेसले ५० प्रतिशत घट्यो गुगल अकाउण्ट ह्याक हुने क्रम

काठमाडौं । आज भन्दा तीन महिना अघिबाट गुगलले आफ्ना सम्पूर्ण प्रयोगकर्तालाई टु–स्पेट भेरिफिकेसनलाई अनिवार्य गरेको थियो । त्यसअघि प्रयोगकर्तामा निर्भर रहेको यो फिचरलाई अनिवार्य गरेसँगै गुगल अकाउण्ट ह्याक हुने क्रम ५० प्रतिशतले घटेको जनाइएको छ ।

मंगलबार ‘सेफर इन्टरनेट डे’ का दिन गुगलले प्रयोगकर्ता तथा प्रयोगकर्ताको जानकारीलाई ह्याकर मार्फत सुरक्षित राख्न चालेका केही कदम बारे ब्लग पोस्टमार्फत जानकारी दिएको छ । जसमा गुगलले अनलाइनमा सुरक्षित कन्टेन्टका लागि ‘खान एकेडेमी’ लाई ५ मिलियन डलर सहयोग उपलब्ध गराएको जनाएको छ । उक्त एकेडेमीमा हाल १८ मिलियन विश्वव्यापी प्रयोगकर्ता रहेका छन् ।

गुगलका अनुसार गत वर्षको तुलनमा गुगलमा ‘हाउ टु स्टप आईडेन्टीटी थेप्ट’ भनी गुगलमा सर्च गर्नेको संख्या २०२१ मा अघिल्लो वर्षको तुलनमा दुई गुणाले बढेको छ । त्यस्तै गएको अक्टोबरबाट कम्पनीले आफ्ना १५० मिलियन प्रयोगकर्ताको अकाउण्टमा टु–फ्याक्टर अथेन्टिकेसन लागू गरेको थियो ।

विशेष गरी नयाँ डिभाइसमा गुगल अकाउण्ट लगइन गर्दा भेरिफिकेसन गर्नुपर्ने व्यवस्था गुगलले गरेको थियो । यो फिचर इनेबल गरेसँगै गुगल अकाउण्टमा ह्याकिङको घटना ५० प्रतिशतले कम भएको दावी कम्पनीले गरेको छ ।

यसका साथै गुगलले सुरक्षित इन्टरनेटका लागि ‘क्याम्पेन सेक्युरिटी प्रोजेक्ट’ मार्फत धेरै कम्पनी तथा संस्थाहरूको सहकार्यमा काम गरिरहेको बताएको छ । साथै आउँदो महिना ब्राउजरमा नयाँ फिर उपलब्ध गराउने तयारी गरिरहेको समेत जनाएको छ । जसले पर्सनल र अन्य प्रयोगकर्ताका लागि छुट्टै ‘मोड’ उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२