close

सामसङले ल्यायो १ टीबीसम्म स्टोरेज भएको ग्यालेक्सी एस २२ अल्ट्रा, कति होला मूल्य ?

टेकपाना टेकपाना

माघ २६, २०७८ २३:७

सामसङले ल्यायो १ टीबीसम्म स्टोरेज भएको ग्यालेक्सी एस २२ अल्ट्रा, कति होला मूल्य ?

काठमाडौं । सामसङको सबैभन्दा शक्तिशाली स्मार्टफोन ग्यालेक्सी एस २२ अल्ट्रा सार्वजनिक भएको छ । कम्पनीले बुधबार राति आयोजित सामसङ अनप्याक्ड इभेन्टमार्फत ग्यालेक्सी एस २२ सिरिजसँगै यो फोन सार्वजनिक गरेको हो ।

यो फोन फेन्टम ब्ल्याक, फेन्टम ह्वाइट, ग्रिन र रगन्डी गरी चार ओटा कलर अप्सनमा आएको छ । फोनमा ब्युल्टइन एस पेन सपोर्ट दिइएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा स्मार्टफोनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ११४९ अमेरिकी डलरबाट सुरु हुन्छ । तर यसको नेपाली मूल्य भने अहिलेसम्म यकिन भइसकेको छैन ।

सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा ८ जीबी/१२८ जीबी भेरियन्टको मूल्य ११९९ अमेरिकी डलर, १२ जीबी/२५६ जीबी भेरियन्टको मूल्य ११९९ अमेरिकी डलर, १२ जीबी/५१२ जीबी भेरियन्टको मूल्य १२९९ अमेरिकी डलर र १२ जीबी/एक टीबीको मूल्य १५९९ रुपैयाँ तोकिएको छ । 

स्पेसिफिकेसनः 

सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा स्मार्टफोनमा ६.८ इन्चको एज क्यूएचडी प्लस डाइनामिक एमोलेड डिस्प्ले दिइएको छ । जसमा सुपर १२० हर्ज रिफ्रेश रेट तथा २४० हर्ज टच स्याम्पलिङ रेट रहेको छ ।

सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा स्मार्टफोनमा कर्निङ गोरिल्ला ग्लास भिक्टस सपोर्ट राखिएको छ । यसमा १७०० निट्सको पिक ब्राइटनेस रहेको छ ।

फोनमा ४ एनएम क्वालकम स्न्यापड्रागन ८ जेन वान तथा एक्सिनस २२०० प्रोसेसर राखिएको छ । यसमा एकदमै राम्रो गेमिङ अनुभव गर्न सकिने कम्पनीको दाबी छ । समसङ ग्यालेक्सी एस २२ अल्ट्रा एन्ड्रोइड १२ मा आधारित वन यूआई ४.१ मा सञ्चालन हुने गर्दछ । 

कनेक्टिभिटीः 

फोनमा फाइभजी, एलटीई, वाईफाई सिक्स, ब्लुटुथ ५.२ आदि जस्ता कनेक्टिभिटी रहेका छन् । यसैगरी फोनमा अन्डर डिस्प्ले अल्ट्रासोनिक  फिंगरप्रिन्ट सेन्सर तथा आईपी ६८ रेटिङ समेत रहेको छ । एनएफसी, वायलेस डेएक्स, यूएसबी टाइप-सी  समेत यसमा रहेको छ ।

क्यामेराः 

सामसङ ग्यालेक्सी एस २२ अल्ट्रा स्मार्टफोनमा ४० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ भने पछाडि भागमा चार ओटा क्यामेराको सेटअप दिइएको छ । जसमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, १०८ मेगापिक्सेलको वाइड क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो लेन्स र १० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्स राखिएको छ । 

ब्याट्रीः 

सामसङ ग्यालेक्सी एस २२ अल्ट्रामा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसमा १५ वाटको वायरलेस तथा ४५ वाटको वायर्ड तथा वायरलेस चार्जिङ सपोर्ट दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२