close

सामसङ ग्यालेक्सीमा यसरी प्रयोग गर्नुहोस् एस्ट्रोफोटो मोड

टेकपाना टेकपाना

चैत १८, २०७९ १५:१०

सामसङ ग्यालेक्सीमा यसरी प्रयोग गर्नुहोस् एस्ट्रोफोटो मोड

काठमाडौं । ग्यालेक्सी एस२२ सिरिजमा थपिएका धेरै नयाँ क्यामेरा फिचरमध्ये एक नयाँ र आकर्षित फिचर हो एस्ट्रोफोटो मोड । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले अँध्यारो रातको आकाशलाई ताराहरूको चम्किलो क्यानभासमा परिणत गर्न सक्छ । 

यही फिचरलाई कम्पनीले ग्यालेक्सी एस२३ मा केही परिष्कृत गरेको छ । वन यूआई ५.१ सँगै कम्पनीले यो फिचरमा केही नयाँ परिवर्तनहरू थप गरेको हो । आउने दिनहरूमा अन्य नयाँ सिरिजका स्मार्टफोनमा पनि यो फिचर उपलब्ध गराउने कम्पनीको योजना छ । 

हामीले बुझ्नुपर्ने एउटा कुरा भनेको एस्ट्रोफोटो मोड र ग्यालेक्सी ए२३ अल्ट्रामा भएको मुन फोटोज फिचर नितान्त फरक कुरा हुन् । 

सामसङ ग्यालेक्सी फोनमा यसरी इनेबल गर्नुहोस् एस्ट्रोफोन मोड 

एस्ट्रोफोटोग्राफी प्रयोग गर्नुभन्दा अगाडि सामसङ एक्सपर्ट रअ फिचर उपलब्ध भएको छ वा छैन भनि यकिन गर्नुहोस् । यसको लागि तल दिइएको प्रक्रिया अपनाउनुहोस्:

  • क्यामेरा खोल्नुहोस् र मोर अप्सनमा जानुहोस् । 

  • एक्सपर्ट रअ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । 

  • स्क्रिनको माथिपट्टि बायाँतिर भएको सेटिङ आईकनमा क्लिक गर्नुहोस्  ।

  • स्पेसल फोटो अप्सनमा क्लिक गरेर इनेबल गर्नुहोस् । 

यदि तपाईँको क्यामेरामा एक्सपर्ट रअ अप्सन छैन भने तपाईँले ग्यालेक्सी स्टोरबाट डाउनलोड पनि गर्नसक्नुहुन्छ । 

सामसङ ग्यालेक्सी फोनमा यसरी प्रयोग गर्नुहोस् एस्ट्रोफोटो मोड 

  • एक्सपर्ट रअको भिउफाइन्डरमा १२ मेगापिक्सेल रेजुलुसन सेट गर्नुहोस् । धेरै रेजुलुसनमा एस्ट्रोफोटो प्रयोग गर्न सकिदैँन । 

  • स्क्रिनको माथिपट्टि दायाँतिर भएको कन्स्टिलेसन आईकन (constellation icon) मा क्लिक गर्नुहोस् । 

  • यसपछि आउने पप-अपमा सेटिङ सेलेक्ट गर्नुहोस् । 

  • धेरै प्रकाशमा रातीको उत्कृष्ट फोटो लिन ड्युरेशन परिवर्तन गर्न सक्नुहुन्छ । 

  • स्काइ गाइड फिचरलाई इनेबल गर्नुहोस् । 

  • सटर बटनमा क्लिक गर्नुहोस् र आफूले चाहेको जस्तो रातीको फोटो खिच्नुहोस् । 

एस्ट्रोफोटो प्रयोग गर्दा फोटो पूर्ण रुपमा क्लिक नभएसम्म मोबाइल हल्लाउनु हुँदैन । यसैले एस्ट्रोफोटो प्रयोग गर्दा कुनै ट्राइपड अथवा अन्य अड्याउने बस्तु प्रयोग गर्नु उपयोगी हुन्छ ।

पछिल्लो अध्यावधिक: चैत १८, २०७९ १५:१०