close

तीन मोडलमा सामसङ ग्यालेक्सी ट्याब एस८ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ २७, २०७८ १५:५६

तीन मोडलमा सामसङ ग्यालेक्सी ट्याब एस८ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले बुधबार अनप्याक्ड इभेन्ट आयोजना गरी ग्यालेक्सी एस२२ स्मार्टफोन सिरिज सार्वजनिक गर्‍याे । धेरैको चासो यही स्मार्टफोन सिरिजमा देखिन्छ ।

कम्पनीले सो अवसरमा नयाँ ट्याब्लेट सिरिज पनि सार्वजनिक गरेको छ, जसको नाम हो ‘ट्याब एस८’ । सामसङले ‘एस’ सिरिजमा प्राय दुई मोडलमा ट्याब ल्याउने गरेकोमा यसपटक अल्ट्रा मोडल पनि थप गरेको छ ।

यसरी कम्पनीले कूल तीन मोडल ‘ट्याब एस८’, ‘ट्याब एस८ प्लस’ र ‘ट्याब एस८ अल्ट्रा’ ल्याएको छ । यो सिरिजमध्ये अल्ट्रा मोडलकाे लुक्स एन्ड्रोइड ल्यापटप जस्तै देखिन्छ भने १६ जीबी र्‍याम अप्सन दिइएकाे छ ।

पछिल्लो दुई वर्षयता कार्यालयको काम, स्कुल, गेमिङ, भिडिओ लगायतका लागि ट्याब्लेटकाे माग बढेकाे छ । यसैलाई लक्षित गर्दै सामसङले ठूलाे स्क्रिन भएको अल्ट्रा माेडल ल्याएको हो ।

तीनवटै माेडलमा फाइभजी कनेक्टिभिटीको अप्सन छ । साथै ‘एस८ प्लस’ र ‘एस८ अल्ट्रा’ मा परिष्कृत ‘एस पेन’ को सुविधा छ ।

सामसङ ग्यालेक्सी ट्याब एस८

एन्ड्रोइड १२ मा आधारित ‘वान यूआई ट्याब फोर’ बाट चल्ने यो ट्याब्लेटमा ११ इन्चको एलटीपीएस टीएफटी डिस्प्ले छ, जसमा १२० हर्जसम्मकाे रिफ्रेस रेट छ ।

४ एनएम अक्टाकोर प्रोसेसर रहेकाे याे ट्याबमा फोटो भिडिओका लागि डुअल रियर क्यामेरा सेटअप छ । जसमा १३ मेगापिक्सेलको मुख्य सेन्सर छ भने ६ मेगापिक्सेलकाे अल्ट्रा वाइड शुटर छ ।

साथै ट्याबमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

samsung galaxy tab s8 image Samsung Galaxy Tab S8

याे ट्याब ८ जीबी+१२८ जीबी र १२ जीबी+२५६ जीबी भेरियन्टमा आउँछ । त्यस्तै माइक्राे एसडी कार्डको सहायताले १ टीबीसम्म स्टोरेज बढाउन सकिन्छ ।

यसमा कनेक्टिभिटीका लागि वाई-फाई सिक्स ई, ब्लुटुथ भी ५.२, जीपीएस/ए-जीपीएस र यूएसबी टाइप-सी पोर्ट रहेकाे छ ।

यसमा चारवटा स्टेरियो स्पिकर र तीनवटा माइक्राेफोन छ ।

कम्पनीले यो ट्याबमा ८,००० एमएएच क्षमताको ब्याट्री प्रदान गरेकाे छ, जसले ४५ वाटसम्मको सुपर फास्ट चार्जिङ सपोर्ट गर्छ ।

सामसङ ग्यालेक्सी ट्याब एस८ को मूल्य ६९९.९९ अमेरिकी डलरबाट सुरू हुन्छ ।

सामसङ ग्यालेक्सी ट्याब एस८ प्लस
यो पनि एन्ड्रोइड १२ मा आधारित ‘वान यूआई ट्याब फोर’ बाट चल्छ । यसमा १२.४ इन्चको सुपर एमोलेड डिस्प्ले छ, जसले १२० हर्जसम्मकाे रिफ्रेस रेट प्रदान गर्छ ।

फोटो र भिडिओका लागि यो ट्याबमा डुअल रियर क्यामेरा सेटअप छ । जसमा १३ मेगापिक्सेलको मुख्य सेन्सर छ भने ६ मेगापिक्सेलकाे अल्ट्रा वाइड शुटर छ । साथै एलईडी फ्ल्याशकाे सुविधा पनि छ ।

सेल्फी फोटो र भिडिओका लागि १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा दिइएको छ ।

याे ट्याब पाि ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्ट र १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्ट अप्सनमा आउँछ ।

माइक्राे एसडी कार्डको सहायताले ट्याबकाे स्टाेरेज १ टीबीसम्म बढाउन सकिन्छ ।

यसमा कनेक्टिभिटीका लागि वाई-फाई सिक्स ई, ब्लुटुथ भी ५.२, जीपीएस/ए-जीपीएस र यूएसबी टाइप-सी पोर्ट रहेकाे छ ।

यसमा पनि चारवटा स्टेरियो स्पिकर र तीनवटा माइक्राेफाेन दिइएकाे छ ।

यो ट्याबमा १०,०९० एमएएचको ब्याट्री रहेको छ जसले ४५ वाटसम्मको सुपर फास्ट चार्जिङ सपोर्ट गर्दछ ।

याे ट्याब अन्डर-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सरसहित उपलब्ध छ ।

ग्यालेक्सी ट्याब एस८ प्लसको मूल्य ८९९.९९ डलरबाट सुरू हुन्छ ।

सामसङ ग्यालेक्सी एस८ अल्ट्रा
यो ट्याब पनि एन्ड्रोइड १२ मा आधारित ‘वान यूआई ट्याब फोर’ बाट चल्छ । यसमा १४.६ इन्च सुपर एमोलेड डिस्प्ले रहेको छ, जसले १२० हर्जसम्मकाे रिफ्रेस रेट प्रदान गर्छ ।

यसमा ४ एनएम अक्टाकोर प्रोसेसर सहित १६ जीबी र्‍यामसम्म रहेको छ । यो ट्याबमा डुअल रियर क्यामेरा सेटअप रहेको छ, जसमा १३ मेगापिक्सेलको प्राइमरी सेन्सर र ६ मेगापिक्सेलको अल्ट्रा वाइड शुटर रहेको छ ।

यसमा फ्रन्टतर्फ डुअल क्यामेरा सेटअप छ, जसमा १२ मेगापिक्सेलका वाइड र अल्ट्रा वाइड शुटर दिइएकाे छ ।

samsung galaxy tab s8 ultra display image Samsung Galaxy Tab S8 Ultra

याे ट्याब ८ जीबी र्‍याम प्लस १२८ जीबी स्टाेरेज, १२ जीबी र्‍याम प्लस २५६ जीबी स्टाेरेज र १६ जीबी र्‍याम प्लस ५१२ जीबी स्टाेरेज भेरियन्टमा उपलब्ध छ ।

प्रयाेगकर्ताले एसडी कार्ड प्रयाेग गरी १ टीबीसम्म स्टाेरेज बढाउन सक्छन् ।

यसमा कनेक्टिभिटीका लागि वाई-फाई सिक्स ई, ब्लुटुथ भी ५.२, जीपीएस/ए-जीपीएस र यूएसबी टाइप-सी पोर्ट रहेकाे छ ।

फाइभजी र फोरजी एलटीई अप्सन रहेकाे ट्याबमा ११,२०० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ, जसले सुपर फास्ट चार्जिङ २.० सपाेर्ट गर्छ ।

याे ट्याबकाे मूल्य १,०९९ डलरबाट सुरू हुन्छ ।

कम्पनीले अमेरिका, युरोप, दक्षिण अमेरिका लगायतका बजारबाट फेब्रुअरी २५ देखि यो ट्याब सिरिजको बिक्री सुरू गर्ने जानकारी दिएको छ । नेपाली बजारमा पनि यो सिरिज चाँडै उपलब्ध हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२