close

भोलि दिउँसो नेपाल प्रहरीको अनलाइन सेवा बन्द रहने

टेकपाना टेकपाना

माघ २८, २०७८ २२:२३

भोलि दिउँसो नेपाल प्रहरीको अनलाइन सेवा बन्द रहने

काठमाडौं । भोलि शनिबार एक दिनका लागि नेपाल प्रहरीको अनलाइन सेवा बन्द हुने भएको छ । नियमित प्राविधिक मर्मत सम्भारका कारण उक्त सेवा बिहान ११ बजेदेखि साँझ छ बजेसम्मका लागि बन्द हुने भएको हो ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली र अनलाइन ट्राफिक नियम उलङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध हुनसक्ने बताएको छ ।

बेलुका छ बजेपछि भने सेवा यथावत रुपमा सञ्चालनमा आउनेछ । यसबाट पर्नसक्ने असुविधाका लागि नेपाल प्रहरीले क्षमायाचना गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२