काठमाडौं । पाँचसय भन्दा बढी ईकमर्स प्लेटफर्म मेजकार्ट अट्याकको शिकार बनेका छन् । त्यस्ता ईकमर्स प्लेटर्फममार्फत सामान खरिद गर्दा प्रयोगकर्ताको महत्वपूर्ण जानकारी समेत चोरी भइरहेको एक अध्ययनले खुलासा गरेकाे छ ।
विशेषगरी क्रेडिट कार्ड प्रयोग गरी अनलाइनबाट सामान खरिद गर्दा क्रेडिट कार्ड नम्बर, ईमेललगायतका महत्वपूर्ण व्यक्तिगत जानकारी मेजकार्टले संकलन गरिरहेको पाइएको छ ।
मेजकार्ट एउटा साइबर ग्याङ हो । यो समूहले ईकमर्स साइटहरुमार्फत प्रयोगकर्ताको क्रेडिकार्डको जानकारी लिने गर्दछन् ।
सामान खरिद गरी अनलाइन भुक्तानी गर्दा उक्त पेमेन्ट प्रक्रियालाई मेजकार्टले छुट्टै मालिसियस वेबसाइटमा पुर्याएर त्यहाँ कार्ड प्रयोग गर्न लगाई जानकारी संकलन गर्ने गरेको साइबर सुरक्षामा अनुसन्धान गर्दै आएको संस्था सान्सीले जनाएको छ ।
साथै कतिपय अवस्थामा ह्याकरले प्रयोगकर्तालाई कोड पठाएर उक्त कोड हाल्न लगाई क्रेडिट कार्डमै पूर्ण एक्सेस समेत बनाइरहेको सान्सीकाे रिपाेर्टमा उल्लेख छ ।
यसबाट लाखौंको संख्यामा प्रयोगकर्ता प्रभावित भएका छन् । भने, हालसम्म पाँच सय भन्दा बढी ईकमर्स साइट यसको शिकार बनेको जनाइएको छ ।