close

बिटक्वाइन माइनिङका लागि इन्टेलले ल्यायो नयाँ चिप

टेकपाना टेकपाना

फागुन १, २०७८ १६:४८

बिटक्वाइन माइनिङका लागि इन्टेलले ल्यायो नयाँ चिप

काठमाडौं । इन्टेल क्रपले शुक्रबार बिटक्वाइन माइनिङ तथा एनएफटी मिन्टिङका लागि आवश्यक चिप सार्वजनिक गरेको छ । यही वर्षको मध्यबाट व्यवसायिक रुपमा बजारमा उपलब्ध गराउने गरी कम्पनीले चिप ल्याएको हो ।

जसको पहिलो ग्राहक ब्लक इंक हुने पक्का भएको छ । ब्लक ईंक ट्वीटरका निवर्तमान सीईओ ज्याक डोर्सीको नयाँ कम्पनी हो । यसअघि स्वायर ईंक नाम रहेको उक्त कम्पनीको नाम परिवर्तन गरी ब्लक ईंक राखिएको छ ।

यो कम्पनीले ब्लकचेनमा आधारित कारोबारको रेकर्ड राख्ने काम गर्दै आएको छ । यस्ता प्लेटफर्मको पछिल्लो समय निकै नै माग रहेको छ । अझ वेब ३, एनएफटी जस्ता प्रविधिको विकासले यसको महत्व अझ बढाएको छ ।

ब्लकचेनमा आधारित कामलाई अझ सहज र द्रुत बनाउने उद्देश्यका साथ यो चिप निर्माण गरिएको इन्टेलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२