close

हाइपर फन्ड र क्रिप्टो कारोबारमा प्रहरीको निगरानी, कोही संलग्न भए सूचना दिन आग्रह

टेकपाना टेकपाना

फागुन २, २०७८ ८:१३

हाइपर फन्ड र क्रिप्टो कारोबारमा प्रहरीको निगरानी, कोही संलग्न भए सूचना दिन आग्रह

काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतका कारोबारमा संलग्न भए कानूनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले चेतावनी दिएकाे छ ।

एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गैरकानूनी कारोबारमाथि निगरानी भइरहेको र संलग्न भएको पाइए कडाइका साथ कारबाही गर्ने उल्लेख गरेको छ ।

यस्तो क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाका बारेमा जानकारी भए प्रहरी कार्यालयमा सूचना उपलब्ध गराउन पनि सीआईबीले अनुरोध गरेको छ ।

‘यस्ता गैरकानूनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए यस कार्यालयलाई सूचना उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ’, ब्यूरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२