काठमाडौं । चिनियाँ स्मार्टफाेन ब्राण्ड ओप्पोले नेपाली बजारमा ‘ए’ सिरिज अन्तर्गत ‘ए१६’ काे नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । ४ जीबी र्याम र ६४ जीबी रोम भेरियन्टमा कम्पनीले याे स्मार्टफोन ल्याएकाे हाे ।
यसअघि नै ३+३२ जीबी भेरियन्टकाे फाेन नेपाली बजारमा भित्रिसकेकाे छ । आकर्षक डिजाइनका साथ आएको फोनमा ६.५२ इन्चको एचडी प्लस आई केयर डिस्प्ले छ ।
एआईयुक्त ट्रिपल क्यामेरा सेटअप रहेको फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा छ । साथमा २ एमपी डेप्थ (बोके) र २ एमपी म्याक्रो क्यामेरा छ । सेल्फीका लागि फोनमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
साथै, अतिरिक्त स्टोरेजका लागि २५६ जीबी सम्मको एसडी कार्ड प्रयोग गर्न सकिने जनाइएको छ । त्यस्तै फोनमा लामो समयसम्म टिक्ने ५००० एमएएचकाे ब्याट्री छ ।
यो फोनको मूल्य २२ हजार ९९० रुपैयाँ तोकिएको छ । फाेनमा प्रयोगकर्ताको सुरक्षाका लागि फेस अनलकका साथै साइड फिंगरप्रिन्ट सेन्सर उपलब्ध गराइएको छ ।
क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यु र स्पेस सिल्भर गरी तीन आकर्षक कलर भेरियन्टमा उपलब्ध फोन युवा पुस्ताका लागि निकै उपयोगी हुने ओप्पो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले बताए ।