काठमाडौं । झट्ट हेर्दा एन्ड्राेइड १३ मा त्यति धेरै महत्त्वपूर्ण अपग्रेड भएको जस्तो लाग्दैन । जसमा ‘सेक्योर फोटो पिकर’, थिम आइकन र वाई-फाईको अनुमतिमा मात्रै केही नयाँपन झल्किन्छ ।
तर यो अपग्रेडले भर्चुअल मसिन (भीएम) मा विन्डोज इलेभेन लगायतका वैकल्पिक अपरेटिङ सिस्टम सञ्चालन गर्ने अनुमति समेत दिन्छ । एन्ड्रोइड वेब तथा एप डेभलपर ड्यानी लिनले केडीरेगन (kdrag0n) नामक आफ्नो ट्वीटर ह्यान्डलमार्फत गुगल पिक्सेल सिक्समा विन्डोज इलेभेन रनिङ भइरहेको स्क्रिनशट शेयर गरेका छन् ।
And here’s Windows 11 as a VM on Pixel 6 https://t.co/0557SfeJtN pic.twitter.com/v7OIcWC3Ab
— kdrag0n (@kdrag0n) February 13, 2022
लिनले भनेका छन् कि हार्डवेयर जीपीयू एक्सिलेरेसनले सपोर्ट नगर्दा समेत विन्डोज इलेभेन वास्तवमै उपयोगी स्तरमा काम गरेको थियो । त्यसो त विन्डोज इलेभेन पिक्सेल सिक्समा रन भएको एकमात्र अपरेटिङ सिस्टम थिएन ।
Booting Windows, logging in, using it a bit pic.twitter.com/r1ws0WFxOg
— kdrag0n (@kdrag0n) February 14, 2022
उनले मोबाइलमा लिनक्स समेत बुटिङ गरेर देखाएका छन् । वास्तवमा यो कसरी सम्भव भयो ? पिक्सेल सिक्समा रहेको एन्ड्रोइड १३ ले नयाँ भर्चुअलाइजेसन फ्रेमवर्क सपोर्ट गर्दछ ।
जुन अन्य थुप्रै एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेटमा सञ्चालन हुने बताइएको छ । यद्यपि एन्ड्रोइड फोनमा विन्डोज इलेभेन रन भएको यो नै पहिलो दृष्टान्त भने होइन । रेनेज प्रोजेक्टको रिपोर्टमा स्न्यापड्रागन ८४५ रहेका एन्ड्रोइड स्मार्टफोनमा विन्डोज टेन एआरएम र विन्डोज ११ एआरएम सञ्चालन भएको उल्लेख गरिएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
