close

नागरिक एपमा देखियो समस्या, ड्राइभिङ लाइसेन्स सेवा तत्कालका लागि बन्द

टेकपाना टेकपाना

फागुन ३, २०७८ १५:१६

नागरिक एपमा देखियो समस्या, ड्राइभिङ लाइसेन्स सेवा तत्कालका लागि बन्द

काठमाडौं । नागरिक एपमा ड्राइभिङ लाइसेन्सको सेवा तत्कालका लागि बन्द भएको छ । प्राविधिक र नेटवर्क समस्याका कारण यो सेवा हालका लागि बन्द गरिएको नागरिक एपले जनाएको छ ।

समस्या समाधान गर्न यातायात व्यवस्था विभागसँग सहकार्य भइरहेको बताउँदै छिट्टै ड्राइभिङ लाइसेन्स सेवा उपलब्ध गराउने एपले जनाएको छ ।

सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपको पछिल्लो अपडेटमा ड्राइभिङ लाइसेन्स लिङ्क गर्न सुविधा थप भएकाे थियाे ।

 नागरिक एपमा याेसँगै ब्लुबुक नवीकरण सुविधा पनि थप गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२