close

कोडर बन्न चाहनेका लागि ‘स्मार्ट बट्स एआई च्यालेन्ज’ हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

फागुन ३, २०७८ २१:४८

कोडर बन्न चाहनेका लागि ‘स्मार्ट बट्स एआई च्यालेन्ज’ हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । भुस गेम्सलोकसको सहकार्यमा ‘स्मार्ट बट्स एआई च्यालेन्ज’ का लागि आवेदन माग गरिएको छ । प्रोग्रामरहरूका लागि कोडिङको बारे बुझ्ने, नयाँ सीप विकास गर्ने अवसरको रुपमा यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक टोलीले जनाएको छ ।

कार्यक्रममा प्रोग्रामरहरूले आ-आफ्नो टोलीमा बसेर ‘कलब्रेक’ (तासको एउटा खेल) को लागि बट बनाउनु पर्नेछ । उक्त बटले भुसले बनाएको बटसँग श्रंखलाबद्ध रुपमा कलब्रेक खेल्नेछ र प्राप्त अंकका आधारमा र्‍यांकिङ गरिनेछ ।

उक्त र्‍यांकिङको उत्कृष्ट आठमा पर्न सफल टोलीहरूले ‘डिटेक्सन’ को चरणमा पुग्नेछन् जहाँ आयोजकले टोलीहरूसँग उनीहरूको बटसँग सम्बन्धित अल्गोरिदमहरूको बारेमा प्रश्न गर्नेछन् ।

यसपछि अन्तिम चरणमा उक्त आठ टोली एकअर्का सँग खेल्नेछन् । अन्तिम उत्कृष्ट तीन टोली विजेता घोषित हुनेछन् । कार्यक्रममा पहिलो हुनेले पाँच लाख रुपैयाँ, दोस्रोले तीन लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ नगद जित्नेछन् ।

कार्यक्रमका लागि फेब्रुअरी १२ देखि खुला भएको आवेदन मार्च २० सम्म दिन सकिनेछ । मार्च २० बाट नै सुरु हुने कार्यक्रम मे २७ मा सकिनेछ ।

यसका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२