close

नबिल बैंकका ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट

टेकपाना टेकपाना

फागुन ३, २०७८ २०:१०

नबिल बैंकका ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौं । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने साझेदारी गरेको छ ।

नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले यस साझेदारीको लाभ उठाउन सक्ने बैंकले जनाएकाे छ ।

सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवा भएको पोलिक्लिनिक हो, जसले चिकित्सा र टेलिमेडिसिन सेवामा सजिलो पहुँच प्रदान गर्दछ ।

यस कोभिड समयमा सोवा हेल्थकेयरले घरमै नमूना सङ्कलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवा उपलब्ध गराउँदै आएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८७ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२