close

क्रोममा भेटियो गम्भीर सुरक्षा कमजोरी, तत्काल अपडेट गर्न गुगलको आग्रह

टेकपाना टेकपाना

फागुन ४, २०७८ ९:५०

क्रोममा भेटियो गम्भीर सुरक्षा कमजोरी, तत्काल अपडेट गर्न गुगलको आग्रह

काठमाडौं । गुगलले विश्वभरका तीन अर्बभन्दा बढी क्रोम प्रयोगकर्तालाई तत्कालै आफ्नो ब्राउजर अपडेट गर्न आग्रह गरेको छ । साइबर आक्रमणबाट जोगिन तुरुन्त क्रोम अपडेट गर्न गुगलले आग्रह गरेको हो ।

सोमबार कम्पनीले क्रोमका लागि इमर्जेन्सी प्याच जारी गरेको छ, जसमा ११ महत्वपूर्ण सुरक्षा समाधान समावेश छन् । क्रोममा यसअघि भेटिएका गम्भीर बग पहिचान गरी गुगलले अपडेट जारी गरेको हो ।

यसअन्तर्गत क्राेममा भेटिएकाे ‘एनिमेसन युजर-आफ्टर-फ्री’ (सीभीई-२०२२-०६०९) बगलाई गम्भीर कमजाेरीकाे वर्गमा राखिएकाे छ ।

याे भल्नरेबिलिटीले साइबर आक्रमणकारीलाई लक्षित कम्प्युटरमा कोड चलाउन सक्षम पार्ने जनाइएकाे छ । याेसहित ६ वटा कमजाेरी गम्भीर खालका रहेकाे गुगलले जनाएकाे छ ।

कम्पनीले क्रिटिकलदेखि सामान्य भल्नरेबिलिटीकाे समाधान सहित 98.0.4758.102 अपडेट भर्सन जारी गरेकाे छ । याे २०२२ मा गुगलले गरेकाे पहिलाे जेराे-डे प्याच हाे ।

आफ्नो क्रोम सुरक्षित रहेको वा नरहेको जाँच गर्न क्रोमको सेटिङमा गएर ‘हेल्प’ अप्सनमा क्लिक गरेर ‘अबाउट गुगल क्रोम’ भन्ने अप्सनमा क्लिक गर्नुहाेस् ।

यसअघि सन् २०२१ गुगलले मा लिनक्स, म्याक र विण्डाेजको क्रोममा कूल ३७ वटा सुरक्षा कमजोरी पत्ता लगाएको थियो । जसमध्ये १० वटा उच्च जोखिमका कमजोरी थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२