close

नोकिया जी११ सार्वजनिक, कति होला मूल्य ?

टेकपाना टेकपाना

फागुन ४, २०७८ १२:५८

नोकिया जी११ सार्वजनिक, कति होला मूल्य ?

काठमाडौं । पछिल्लो समयमा नोकियाले स्मार्टफोन सार्वजनिक गर्ने काम जारी राखिरहेको छ । यसैबीच बिना कुनै प्रचारप्रसार सामान्य औपचारिक कार्यक्रम गर्दै नोकियाले आफ्नो नयाँ फोन ‘नोकिया जी११’ सार्वजनिक गरेको छ  ।

युनिसक टी६०६ चिपसेट भएको यो फोन ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ । स्टोरेजको लागि ५१२ जीबी सम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्नसक्ने स्लट पनि उपलब्ध छ ।

ट्रिपल क्यामेरा सेटअप भएको फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलकाे डेप्थ र २ मेगापिक्सेलकै म्याक्रो क्यामेरा उपलब्ध छ । साथै यसमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

फोनमा ९० हर्ज रिफ्रेस रेट सहितको ६.५ इन्चको एलसीडी डिस्प्ले दिइएको छ भने यसमा ५,०५० एमएएचको ब्याट्री उपलब्ध छ । आइस ब्लु र चार्कोल ग्रे कलरमा उपलब्ध यो फोनको मूल्य १५९ युरो (करिब २२ हजार रूपैयाँ) रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२