close

इटहरीमा साओमीको आधिकारिक स्टोर

टेकपाना टेकपाना

फागुन ४, २०७८ १४:३१

इटहरीमा साओमीको आधिकारिक स्टोर

काठमाडौँ । साओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ ।

अरुण एन्ड ब्रदर्स प्रालिसँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा साओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो ।

नेपालभर आफ्ना स्टोरको संख्या दोब्बर बनाउने उद्धेश्यसहित कम्पनीले हाल देशका विभिन्न सहरमा स्टोर खोलेको छ ।

यी स्टाेरको सम्पूर्ण रिटेल प्रक्रिया साओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शिता कायम हुने कम्पनीको दावी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२