काठमाडौं । रियलमी ९ प्रो सिरिजका दुई वटा स्मार्टफोन विश्वबजारमा सार्वजनिक भएकाे छ । गत वर्ष सार्वजनिक भएको ८ प्रो सिरिजको स्मार्टफोनको तुलनामा आज सार्वजनिक भएको ९ प्रो र ९ प्रो प्लस फोनमा धेरै फिचर अपग्रेड गरिएको छ ।
रियलमी ९ प्रो प्लसको मुख्य आकर्षण यसको क्यामेरा फिचर रहेको छ । फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन फिचर सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा उपलब्ध गराइएको छ ।
यसमा ९० हर्जको रिफ्रेस रेट सहितको ६.४ इन्चको ओएलईडी स्क्रिन उपलब्ध गराइएको छ । फोनमा मिडियाटेक डाइमेन्सिटी ९२० प्रोसेसर प्रयोग गरिएको छ भने ४५०० एमएएचको ब्याट्री राखिएको छ ।
यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । साथै ६ जीबी र्याम सहित १२८ जीबी स्टोरेज र ८ जीबी र्याम सहितको २५६ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ ।
विश्वबजारमा यो फोनको मूल्य ४०० युरो (करिब ५५ हजार रुपैयाँ) तोकिएको छ । त्यसैगरी ९ प्रोमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.६ इन्चको एलसीडी स्क्रिन दिइएको छ ।
स्न्यापड्रागन ६९५ प्रोसेसर प्रयोग भएको यो फोनमा ५,००० एमएएचको ब्याट्री राखिएको छ । यो फोन ६ जीबी र ८ जीबी र्याममा १२८ जीबीको स्टोरेज सहित उपलब्ध छ ।
फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो तथा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध गराइएको छ । विश्वबजारका लागि यो फोनको मूल्य ३३० युरो (२४,००० रुपैयाँ) तोकिएको छ ।