close

१५० वाट क्षमताको फास्ट चार्जिङ सिस्टम परिक्षण गर्दै साओमी

टेकपाना टेकपाना

फागुन ५, २०७८ १७:३

१५० वाट क्षमताको फास्ट चार्जिङ सिस्टम परिक्षण गर्दै साओमी

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले १५० वाट फास्ट चार्जिङ  सिस्टमको परिक्षण अघि बढाएको छ । स्मार्टफोन सँगै चार्जरमा पनि समय-समयमा नयाँ नयाँ परिक्षण गर्दै आएको कम्पनीले १५० वाट क्षमताको फास्ट चार्जर ल्याउने तयारी गरेको हो । त्यसका लागि हाल परिक्षण भइरहेको जनाइएको छ ।

यसअघि नै सन् २०२२ बाट रियलमीका फोनहरूमा १५० वाट क्षमता युक्त चार्जर उपलब्ध हुने चर्चा चलेको थियो । रियलमीले सन् २०२० को जुलाईमा १२५ वाट अल्ट्रा डार्ट चार्जिङ प्रविधि सार्वजनिक गरिसकेको छ ।

यद्यपि १५० वाट चार्जिङ प्रविधि भने अझै पनि परीक्षणकै क्रममा रहेको र छिट्टै नै ठूलो संख्यामा उत्पादन गर्ने जनाएको छ । कम्पनीले कहिले देखि यसको व्यवसायीक उत्पादन सुरु हुने भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२