close

ट्रोल तथा अपमानजनक सामग्रीमा कडाइ गर्दै ट्वीटर

टेकपाना टेकपाना

फागुन ७, २०७८ ११:१८

ट्रोल तथा अपमानजनक सामग्रीमा कडाइ गर्दै ट्वीटर

काठमाडौं । ट्विटरले ट्रोल तथा अपमानजनक पोस्ट तथा सामाग्रीमा थप कडाइ गर्ने भएको छ । पछिल्लो समय बढ्दो यस्ता कन्टेन्टलाई मध्यनजर गर्दै कम्पनीले यसको तयारी गरेको हो ।

यसका लागि कम्पनीले सेफ्टी मोड फिचरलाई थप प्रभावकारी बनाउन भएको हो । जसमार्फत प्रयोगकर्ताहरूले ट्रोल तथा अरुलाई अपमान गर्ने, गाली गर्ने खालका कन्टेन्ट पोस्ट गर्ने ह्याण्डललाई अस्थायी रुपमा ब्लक गर्न सक्नेछ ।

सात दिनसम्म ब्लक गर्ने गरि ल्याउन लागिएको यो फिचर पहिलो चरणमा बेलायत, अमेरिका, आयरल्याण्ड, क्यानडा तथा न्यजिल्याण्डका प्रयोगकर्तामाझ उपलब्ध हुनेछ । भने विस्तारै अन्य देशका प्रयोगकर्तामाझ उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२