close

ब्यालेन्स सकिएको बेला यसरी लिनुहोस् एनसेलको डेटा सापटी

टेकपाना टेकपाना

फागुन ९, २०७८ १३:१६

ब्यालेन्स सकिएको बेला यसरी लिनुहोस् एनसेलको डेटा सापटी

काठमाडौं । एनसेल आजियाटाले डेटा सापटी लिन पाउने सुविधा सञ्चालन गरेकाे छ । मोबाइलमा ब्यालेन्स सकिएको र रिचार्ज गर्न नसकेको अवस्थामा ६०० एमबीसम्मको डेटा सापटी उपलब्ध गराइरहेकाे कम्पनीले जनाएकाे छ ।

यसरी सापटी लिएको डेटा तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । यो व्यवस्था एनसेलको सिम १५ दिनभन्दा धेरै समयदेखि प्रयोग गरिरहेका प्रयोगकर्ताले प्राप्त पाउने कम्पनीले जनाएकाे छ ।

सापटी रकम ४० रुपैयाँको हुनेछ, जुन पछि रिचार्ज गरेपछि काटिनेछ । यो सापटी सेवा प्रयोग गर्न *९९८८# मा डायल गर्नुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२