close

नेपाली बजारमा ‘रियलमी ९आई’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

फागुन ९, २०७८ १६:१०

नेपाली बजारमा ‘रियलमी ९आई’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । रियलमी ९ सिरिजको पहिलो स्मार्टफोन’रियलमी ९आई’ नेपाली बजारमा सार्वजनिक भएको छ । स्न्यापड्रागन ६८० चिपसेटसहित सार्वजनिक भएको फोन दुई भेरियन्टमा उपलब्ध छ ।

थोरै ब्याट्री खपत गर्ने चिपसेट र ५००० एमएएच क्षमताकाे ब्याट्रीले फोन लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ । साथै फोनमा ९० हर्जको रिफ्रेस रेट सहित ६.६ इन्चको डिस्प्ले दिइएको छ ।

यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेल म्याक्रो, २ मेगापिक्सेल डेफ्थ र १६ मेगामपिक्सेलको सेल्फी क्यामेरा छ ।

नेपाली बजारमा ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजको मूल्य २४,४९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजको मूल्य २७,९९९ रुपैयाँ तोकिएको छ ।

अनलाइन स्टोर दराजमा यो फोन आजदेखि बुधबारसम्म बुकिङ गर्न सकिनेछ । त्यस्तै बुधबारदेखि शुक्रबारसम्म अफलाइन ग्राहकले देशभरका बजारमा मोबाइल प्रि-बुक गर्नसक्ने रियलमी नेपालले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२