close

‘पठाओ लोकल’ सुरू, साना रेष्टुराँ तथा खाजा घरका मिठा परिकार अर्डर गर्न पाइने

टेकपाना टेकपाना

फागुन ९, २०७८ १४:५८

‘पठाओ लोकल’ सुरू, साना रेष्टुराँ तथा खाजा घरका मिठा परिकार अर्डर गर्न पाइने

काठमाडौ । साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लेटफर्ममा जोडेर उनीहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपाल प्रालिले ‘पठाओ लोकल’ सुरु गरेको छ ।

शुन्य दर्ता महसुल राखेको पठाओ लोकलमा साना व्यवसायीले आफ्नो व्यवसाय आधिकारिक दर्ता गर्नसक्ने पठाओकी प्रवक्ता सुरक्षा हमालले बताइन् ।

हाल खाजा डेलिभरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा २५० भन्दा बढी व्यवसायीहरुलाई जोड्ने लक्ष्य छ ।

साथै व्यवसायीको कमिसनमा समेत छुट दिने प्रवक्ता हमालले जानकारी दिइन् ।

पहिले आफ्नो खाजा घर तथा रेस्टुरेन्टबाट मात्र व्यापार गर्दै आएका व्यवसायीले अब पठाओ लोकलबाट दैनिक अनलाइन बिक्री गर्न पाउने उनले बताइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२