close

एनएमबि बैंकको नयाँ खाता, मेरो शेयरदेखि डलर कार्डसम्म निःशुल्क

टेकपाना टेकपाना

फागुन १२, २०७८ ७:३८

एनएमबि बैंकको नयाँ खाता, मेरो शेयरदेखि डलर कार्डसम्म निःशुल्क

काठमाडौं । एनएमबि बैंक लिमिटेडले युवालाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबि यु-वाह! डिजी सेभिङ्स’ ल्याएको छ ।

१८ देखि ४० वर्ष उमेर समूहका नागरिकले यो खाता खोल्नसक्ने छन् ।

यो खाताअन्तर्गत शुन्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो शेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ ।

त्यसैगरी एनएमबि ओम्नी च्यानल बैंकिङ्ग, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप-अप) मा निःशुल्क सुविधासहित डिजिटल कारोबारमा निःशुल्कअन्तर बैंक फण्ड ट्रान्सफर (एबीबीएस) र वार्षिक १२ सयसम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभ पनि उपलब्ध गराउने छ ।

यसका अतिरिक्त बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३