काठमाडौं । शेयर कारोबारमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क र उनका दाजु किम्बाल मस्क अनुसन्धानको घेरामा तानिएका छन् ।
अमेरिकास्थित सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले पछिल्लो पटक मस्क दाजुभाइले शेयर बिक्री गर्दा इन्साइडर ट्रेडिङको नियम उल्लंघन गरेको हुनसक्ने आँकलनमा अध्ययन अघि बढाएको हो ।
यो अध्ययन गत वर्षको अन्त्यमा दुई दाजुभाइले टेस्लाको १०८ मिलियन डलर बराबरको शेयर बिक्री गरेपश्चात् सुरु भएको हो । उनले शेयर बिक्री गर्नुअघि ट्वीटरमार्फत शेयर बिक्री गर्ने/नगर्ने भनेर पोल क्रियट गरेको थिए ।
उक्त पोलमा धेरैले बिक्री गर्न सुझाव दिएको थिए । जसका कारण शेयरको मूल्य घटेको थियो । तर, त्योभन्दा अघिल्लो दिन नै उनका दाजुले भने ८८ हजार ८०० शेयर बिक्री गरेका थिए ।
दाजुले शेयर बिक्री गरेपश्चात् आएको उक्त ट्वीटले टेस्लाको शेयर मूल्य घटेकाले पनि यतिबेला उनीहरु अनुसन्धानमा तानिएका हुन् ।