close

पुरानो डिजाइन फर्काउँदै नोकिया, ल्यायो ब्याट्री निकाल्न मिल्ने स्मार्टफोन

टेकपाना टेकपाना

फागुन १६, २०७८ १५:३१

पुरानो डिजाइन फर्काउँदै नोकिया, ल्यायो ब्याट्री निकाल्न मिल्ने स्मार्टफोन

काठमाडौं । बजारमा अहिले सार्वजनिक हुने प्राय सबै स्मार्टफोनमा ब्याट्री निकाल्न मिल्ने सुविधा छैन । तर नोकिया फोन उत्पादन गर्ने एचएमडी ग्लोबलले पुरानो डिजाइनलाई नै बजारमा पुनः फर्काउँदैछ ।

कम्पनीले हालै नोकियाको ‘सी’ सिरिज अन्तर्गत तीनवटा स्मार्टफोन सार्वजनिक गरेको छ । यी तिनैवटा स्मार्टफोनको ब्याट्री निकाल्न मिल्छ ।

सस्तो फोनको प्रतिस्पर्धामा कम्पनीले नोकिया सी२, नोकिया सी२१ र नोकिया सी२१ प्लस सार्वजनिक गरेको हाे ।

२५६ जीबीको माइक्रोएसडी कार्ड थप्न मिल्ने सुविधाका साथ ‘नोकिया सी२’ १ र २ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज सहित उपलब्ध छ ।

त्यस्तै ‘नोकिया सी२१’ २ र ३ जीबी र्‍याम सहित ३२ जीबीको स्टोरेज र ‘नोकिया सी२१’ प्लस २ र ३ जीबी र्‍याम भेरियन्टमा ३२ जीबी स्टोरेज र ४ जीबी र्‍याममा ६४ जीबीको स्टोरजको भेरियन्टमा उपलब्ध छ ।

नोकिया ‘सी२’ मा ५ मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

त्यस्तै ‘नोकिया सी२१’ मा ८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ भने ‘नोकिया सी२१ प्लस’ मा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३