close

स्टार अस्पतालमा अब अनलाइनबाटै डक्टरको समय लिन सकिने

टेकपाना टेकपाना

फागुन १६, २०७८ १६:४४

स्टार अस्पतालमा अब अनलाइनबाटै डक्टरको समय लिन सकिने

काठमाडौं । सानेपास्थित स्टार अस्पतालमा अब अनलाइनबाट डक्टरको समय लिन सकिने भएको छ ।

नेपालको ठूलो भुक्तानी सेवा प्रदायक ईसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई-अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो ।

योसँगै अबदेखि स्टार अस्पतालमा डक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी ईसेवा मोबाइल एप्लिकेशन मार्फत गर्न सकिने छ ।

ईसेवा मोबाइल वालेटभित्र हेल्थ सेक्सनमा गई स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरी डक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रूपमा तत्काल भुक्तानी गर्न सकिने छ ।

अपोइन्टमेन्ट प्रणालीले बिरामीलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति दिनुका साथै कोभिड १९ को महामारीबाट उत्पन्न हुने जोखिमलाई पनि कम गर्दछ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवा चुस्त बनाउने र बिरामीहरुको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३