close

फेसबुकको नयाँ प्राइभेसी सेन्टर के हो र कसरी प्रयोग गर्ने ? 

टेकपाना टेकपाना

फागुन १९, २०७८ ८:५९

फेसबुकको नयाँ प्राइभेसी सेन्टर के हो र कसरी प्रयोग गर्ने ? 

काठमाडौं । वर्षौँदेखि फेसबुकले प्रयोगकर्ताको गोपनीयतालाई कम प्राथमिकता दिएको भन्दै ठूलाठूला समाचार हेडलाइन बनिरहे । त्यसैलाई सम्बोधन गर्न फेसबुकले प्रयोगकर्तासामू फेसबुकले प्राइभेसी पोलिसी प्रस्तुत गरेको छ ।

प्राइभेसी पोलिसिलाई लिएर आएका तमाम नकारात्मक टिकाटिप्पणीहरूबाट मुक्त पाउन फेसबुकले प्राइभेसी सेन्टर ल्याएको छ । यो एउटा त्यस्तो ठाउँ हो, जहाँ फेसबुकको प्यारेन्ट कम्पनी मेटाले कसरी प्रयोगकर्ताको व्यक्तिगत डेटा र जानकारी भण्डारण र प्रयोग गर्छ भन्ने बारे सूचना राखिएको छ ।  

फेसबुक प्राइभेसी सेन्टरमा कसरी पुग्ने ?

७ जनवरी २०२२ मा फेसबुकले ब्लग पोस्टमार्फत प्राइभेसी सेन्टर घोषणा गरेको थियो । अमेरिकाका केही प्रयोगकर्तामा परीक्षण गरिरहेको मेटाले अन्य डेस्कटप प्रयोगकर्ताको लागि भने यो सेवा उपलब्ध गराएको छ । 

यदि तपाईँ सीमित टेस्ट ग्रुपमा हुनु भएको भए तपाईँलाई मेटाको नयाँ प्राइभेसी सेन्टरमा पहुँच बनाउन सहज हुनेछ । फेसबुक प्राइभेसी सेन्टरमा आफ्नो पहुँच राख्न निम्नसारका प्रक्रिया अपनाउनुहोस् । 

-सबैभन्दा पहिला आफ्नो कम्प्युटरमा फेसबुक खोल्नुहोस्, त्यसपछि माथि दायाँपट्टी कुनामा रहेको अकाउन्ट ड्रपडाउनमा जानुहोस् ।

-त्यसपछि सेटिङ एण्ड प्राइभेसी (Setting and Privacy) मा क्लिक गरेर प्राइभेसी सेन्टर (Privacy Center) मा प्रवेश गर्नुहोस्,

-त्यसपछि तपाईँ प्राइभेसी सेन्टरमा पुग्नुहुनेछ । जहाँबाट नयाँ फिचरहरू फेला पार्न सक्नुहुनेछ । 

यदि भेट्नु भएन भने चिन्ता नगर्नुहोस् । अहिले यो परीक्षणमा रहेकाले केही समयपछि सबैले प्रयोग गर्न मिल्ने गरी फेसबुकले सार्वजनिक गर्दैछ ।

किन जरुरी छ फेसबुकको प्राइभेसी सेन्टर ?

१)    यदि प्राइभेसी सेन्टरमा तपाईँको पहुँच छ भने तपाईँले आफूलाई मेटामा खर्चेको समयको मूल्य रहनेछ । किनभने त्यसबाट मेटाले आफ्ना अन्य एपमा तपाईँको डेटा कसरी संग्रह गरेको छ भन्नेबारे जानकारी पाउन सक्नुहुन्छ ।

२)   तपाईँको डेटा फेसबुक तथा अन्य सामाजिक सञ्जालले कहाँ कसरी प्रयोग गरिरहेका छन् भन्ने विषयमा थाहा पाउनु तपाईँको अधिकारको कुरा हो ।

३)    तपाईँको डेटा फेसबुकले कसरी संकलन गरेर प्रयोग गरिरहेको छ भन्ने कुरा प्राइभेसी सेन्टरमा खुलाइएको हुन्छ । त्यसैले यस्ता जानकारीहरूबारे जान्नु निकै आवश्यक हुन्छ ।

४)   फेसबुकमा आउने विज्ञापनबारे जान्नु पनि निकै आवश्यक हुन्छ । तपाईँका रुची, चाहनालाई फेसबुकले कसरी मध्यनजर गर्छ भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ । त्यसैले यसको बारेमा ज्ञान लिँदा राम्रै हुन्छ।

आफ्नो गोपनीयताको सुरक्षा

तपाई‍ँको गोपनीयता तपाईँको अधिकार हो र यसको सुरक्षा गर्नु तपाईँको दायित्व हो । फेसबुकको नयाँ प्राइभेसी सेन्टर प्रयोग गरेर तपाईँले आफ्नो डेटा कसरी व्यवस्थापन गरिएको छ र त्यसलाई सुरक्षित राख्ने उपायहरूका बारेमा जान्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२