close

ताप्लेजुङको पाथिभरा क्षेत्रमा टेलिकमको फोरजी

टेकपाना टेकपाना

फागुन २१, २०७८ १२:१३

ताप्लेजुङको पाथिभरा क्षेत्रमा टेलिकमको फोरजी

काठमाडौं । ताप्लेजुङको प्रसिद्ध तीर्थ स्थल पाथिभरा क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । देशव्यापी रुपमा फोरजी सेवा विस्तार गर्ने क्रममा रहेको कम्पनीले उक्त क्षेत्रमा सेवा सञ्चालनमा ल्याएको हो ।

यससँगै अब पाथिभरा क्षेत्रमा जाने तीर्थयात्रीहरूले फोरजी इन्टरनेटको सुविधा लिन पाउनेछन् । ताप्लेजुङमा १६ ओटा बीटीएस टावरबाट टेलिकमले फोरजी सेवा दिँदै आएको छ ।

बाँकी चार ओटा टावर जडान हुने क्रममा रहेको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२