काठमाडौं । अहिले विद्युतीय गाडीको लोकप्रियता निकै बढेको छ । विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला विद्युतीय गाडी बिक्री गरेरै विश्वको लोकप्रिय ब्राण्डको रूपमा स्थापित भएको छ ।
तर, बेलायतमा भएको सर्वेक्षणले विद्युतीय गाडी डिजेल, पेट्रोल मोडेलका गाडीहरूको तुलनामा कम विश्वसनीय भएको देखाएको छ ।
उक्त सर्वेक्षणमा विद्युतीय गाडीका मालिकले गाडी प्रयोग गरेको चार वर्षमा गाडीमा धेरै समस्या आएको बताएका छन् । उपभोक्ता समूहले सञ्चालन गरेको सो सर्वेक्षणमा पेट्रोल गाडीका १९ प्रतिशत मालिक र डिजेल गाडीका २९ प्रतिशत मालिकको तुलनामा विद्युतीय गाडीका ३१ प्रतिशत मालिकले पहिलो चार वर्षमा गाडीमा समस्या आएको मत जाहेर गरेका थिए ।
विद्युतीय गाडीका थोरै मात्र निकाल्न मिल्ने भागहरू भएकाले यो पेट्रोल र डिजेल मोडेलका गाडीको तुलनामा बढी प्रभावकारी हुने दुबिधा रहेको थियो । तर, यो सर्वेक्षणले त्यसको उल्टो परिणाम बाहिर ल्याएको छ ।
तपाईँलाई विद्युतीय गाडीको मोटर वा ब्याट्रीमा समस्या आयो भन्ने लागेको होला । तर, विद्युतीय गाडीको प्रायः सफ्टवेयरमा बढी समस्या आएको पाइएको छ । सर्वेक्षणले इन्धन प्रयोग हुने गाडीहरू बढी विश्वसनीय भएको पाएको छ ।