close

कनेक्ट आईपीएसबाट यसरी गर्नुहोस् मेरो शेयरको नवीकरण

टेकपाना टेकपाना

फागुन २२, २०७८ १४:५

कनेक्ट आईपीएसबाट यसरी गर्नुहोस् मेरो शेयरको नवीकरण

काठमाडौं । पछिल्लो समय नेपालको पूँजी बजार अर्थात शेयर मार्केटमा लगानी गर्ने क्रम निकै बढेको छ । स्मार्टफोनसँगै डिजिटल वालेट, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ जस्ता प्रविधिले त झन् यसलाई निकै व्यापक बनाउन सघाएको छ ।

यस्तोमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलाइनबाटै आईपीओ भर्न तथा सेकेन्डरी बजारमा शेयर किनबेच गर्नका लागि मेरो शेयर नामक एप सञ्चालनमा ल्याएको छ । यदि तपाईँ पनि मेरो शेयर वा डिम्याट खाता प्रयोग गर्नुहुन्छ भने अब कनेक्ट आईपीएसबाटै त्यसको नवीकरण गर्न सक्नुहुन्छ । 

कसरी नवीकरण गर्ने ?

-सबैभन्दा पहिला आफ्नो मोबाइल एपमा वा कम्प्युटरमा यहाँ क्लिक गरी मेरो शेयर डटकम खोल्नुहोस् ।

-अब त्यहाँ आफ्नो युजरनेम र पासवर्ड राखेर लगईन गर्नुहोस् । लगईन गर्नासाथ तपाईँ ड्याशबोर्डमा पुग्न सक्नुहुनेछ । 

-ड्याशबोर्डको दायाँतर्फ रहेको मेरो शेयरको प्रोफाइलमा क्लिक गर्नुहोस् । 

-त्यहाँ रहेको अकाउन्ट इन्फरमेसनमा क्लिक गर्नुहोस् । 

-अब त्यहाँ रहेको कनेक्ट आईपीएसमा गरेपछि तपाईँले मेरो शेयर, डिम्याट अकाउन्ट र एक साथ दुवै नवीकरण गर्ने सहित तीन ओटा विकल्प देख्न सक्नुहुन्छ ।

-त्यसमध्ये आफ्नो आवश्यकता अनुसारको एउटा विकल्प छान्नुहोस् र प्रोसिडमा क्लिक गर्नुहोस् । 

-अब आफ्नो कनेक्ट आईपीएस अकाउन्ट लगईन गर्नुहोस् र डेबिट अकाउन्ट गएर चयन गर्नुहोस् । 

-त्यसपछि तपाईँले कनेक्ट आईपीएसमा कनेक्ट भएको आफ्नो बैंक अकाउन्ट देख्न सक्नुहुनेछ । त्यसलाई छनौट गरेर सब्मिट गर्नुहोस् । 

-यति गरिसकेपछि नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बाट तपाईँको मोबाइलमा एउटा ओटीपी कोड आउँछ । त्यसलाई राख्नुहोस् र पुनः सब्मिट गर्नुहोस् । यति गरेपछि तपाईँको मेरो शेयर र  डिम्याट अकाउन्ट कनेक्ट आईपीएसबाट नवीकरण हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२