close

अर्को वर्ष सार्वजनिक हुँदै जिपको पहिलो विद्युतीय गाडी

टेकपाना टेकपाना

फागुन २२, २०७८ १७:२

अर्को वर्ष सार्वजनिक हुँदै जिपको पहिलो विद्युतीय गाडी

काठमाण्डौं ।  स्टेलेन्टिस कम्पनीको स्वामित्वमा रहेको चर्चित अमेरिकी ब्रान्ड जिपले आफ्नो पहिलो विद्युतीय एसयूभी (स्पोर्ट्स युटिलिटी भेइकल) को डिजाइन सार्वजनिक गरेको छ । कम्पनीले गाडीको डिजाइन सार्वजनिक गरेको भएतापनि अन्य कुनै विवरण वा गाडीको नाम के हुन्छ भन्ने बारेमा समेत कुनै खुलासा गरेको छैन ।

तर कम्पनीले आफ्नो नयाँ विद्युतीय गाडी (ईभी) सन् २०२३ मा सार्वजनिक हुने कुराको भने पुष्टि गरेको छ । आफ्ना थुप्रै प्रतिस्पर्धीको तुलनामा विद्युतीकरणको बाटो अँगाल्नमा जिप सुस्त देखिएको छ ।

रेङ्गुलर र ग्रान्ड चेर्की एसयूभी प्लग-इन हाइब्रिड भर्सन सार्वजनिक गरेको कार निर्माताले हाइब्रिड मोटर जडान गरिएको ग्रान्ड चेर्कीको अफ-रोड भर्सन सार्वजनिक गर्ने योजना बनाएको छ ।

अर्को वर्ष आउने भनिएको नाम नखुलेको एसयूभी जीपको पहिलो पूर्ण विद्युतीय गाडी हुनेछ । कार निर्माताले हालै मात्र सन् २०२५ सम्म आफ्ना सबै सवारी साधन प्लग-हाइब्रिड भेरियन्ट सहितको विद्युतीय भर्सनमा ल्याउने घोषणा गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२