close

गण्डकी प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडान सुरु

टेकपाना टेकपाना

फागुन २३, २०७८ ११:५४

गण्डकी प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडान सुरु

पोखरा । गण्डकी प्रदेशमा पनि सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट जडानको काम सुरु भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार गण्डकीमा पनि यो प्रणाली कार्यान्वयनमा ल्याइएकाे हाे ।

शुक्रबार यातायात व्यवस्था कार्यालय पोखराका दुई सवारीमा इम्बोस्ड नम्बर जडान गरी यसको सुरुवात गरिएको साे कार्यालयका प्रमुख डिल्लीराम रिजालले बताए ।

उनका अनुसार यातायात व्यवस्था विभागले सबै प्रदेशमा नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको काम अघि बढाउने निर्णय गरेको थियो ।

हालसम्म बागमती प्रदेशमा मात्रै यो सेवा कार्यान्वयमा आएको छ । गण्डकी प्रदेशमा मात्रै २ लाख ८६ हजार सवारी साधन दर्ता छन् ।

विभागले गत २०७४ साल भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।

तर सर्वोच्च अदालतले २०७४ फागुन १० गते सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो ।

सोही रिटलाई २०७५ मङ्सिर २७ गते सर्वोच्चले खारेज गरेपछि विभागलाई बाटो खुलेको थियो । तर अनिवार्य नगराउँदा यसको कार्यान्वयन प्रभावकारी नभएको निष्कर्ष विभागले निकालेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२