close

यस्ता छन्, पल शाह प्रकरणमा जथाभावी समाचार लेख्दा प्रतिबन्धमा परेका १० वेबसाइट

टेकपाना टेकपाना

फागुन २३, २०७८ १८:३८

यस्ता छन्, पल शाह प्रकरणमा जथाभावी समाचार लेख्दा प्रतिबन्धमा परेका १० वेबसाइट

काठमाडौं । एक १७ वर्षीय नाबालिका गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह प्रकरणमा प्रेस काउन्सिल नेपालले १६ युट्युव च्यानलसहित १० ओटा वेबपोर्टललाई समेत कारबाही सिफारिस गरेको थियो । गोप्य राखिएका वेब पोर्टलको नाम टेकपानालाई प्राप्त भएको छ ।

काउन्सिलले सूचना तथा प्रसारण विभागमा दर्ता र काउन्सिलमा सूचीकरण नभएका १० वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि यसअघि नै नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस गरिसकेको छ ।

उनीहरूले वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने तथा नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर र भिडिओ सामग्री सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।

न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रकृयामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्षविपक्षमा सामग्री सम्प्रेषण गरेको भन्दै वेबपोर्टल र युट्युव च्यानललाई कारबाहीको दायरामा ल्याइएको हो ।

उनीहरूमाथि नेपालमा नचल्ने गरी प्रतिबन्ध लगाउन दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई पात्राचार गर्नेछ ।

युट्युव च्यानलमाथि भने साइबर अपराध मुद्दा चलाउन भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरिएको छ । 

यस्ता छन्, प्रतिबन्धमा परेका १० वेबपोर्टलः 

१. चन्द्रागिरी टाइम्स डटकम

२. पोखरा एनपी डटकम

३. समाज पत्र डटकम

४. सत्य सूचना डटकम

५. शिखर हट न्युज डटकम

६. द टप २४ न्युज डटकम

७. तुफान मिडिया न्युज डटकम

८. ब्राइट दैनिक डटकम

९. पूर्वी कमान्ड डटकम

१०. नेप २४ खबर डटकम

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२