close

फिक्स्ड डिपोजिट गर्ने ग्राहकलाई पनि क्रेडिट कार्ड सुविधा

टेकपाना टेकपाना

फागुन २४, २०७८ ८:२

काठमाडौं । नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्स्ड डिपोजिट कार्ड) योजना सुरु गरेको छ । यस अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) ग्राहकले क्रेडिट कार्ड सुविधा पाउने बैंकले जनाएको छ ।

नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको हो ।

अन्तर्रााष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दैछ ।

प्रयोगकर्ताले यो कार्ड पीओएस वा एटीएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता वस्तु खरिद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ ।

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल/ग्राहकलाई आफ्ना नजिकका परिवारका सदस्यहरुका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प प्रदान गरेको छ ।

यस योजना अन्तर्गत दुई लाख रुपैयाँ प्रतिकार्ड सिमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सिमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो मुद्धती निक्षेप (फिक्स्ड डिपोजिट) र क्रेडिट कार्डको विशेषता सहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको वस्तुको मजा लिंदै मुद्दती निक्षेपमा ११.०३% का दरले लोभलाग्दो ब्याज समेत आर्जन गर्न सक्ने बैंकले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ ३:५४