काठमाडौं । एप्पलले रुसमा आईफोन बिक्री बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयले कम्पनीलाई दैनिक ३७ करोडभन्दा बढी नोक्सान हुने एक अध्ययनले देखाएको छ ।
फोनका लागि कभर बनाउने कम्पनी ‘बुर्गा’ ले गरेको एक अध्ययन अनुसार एप्पलले आईफोन बिक्रीबाट दैनिक ३० लाख डलर अर्थात ३७ करोडभन्दा बढी गुमाउने छ ।
दैनिक हुने कारोबारका आधारमा यो रकम सानो भएता पनि बजारको हिसाबले भने एप्पलका लागि यो ठूलो चुनौती हो ।
सन् २०१४ देखि २०२१ सम्म आइपुग्दा रुसमा आईफोनको बिक्री दुई सय प्रतिशतले वृद्धि भएको थियो ।
एप्पलले रूसी बजारमा आईफोनसँगै आफ्ना अन्य उत्पादनको बजार समेत गुमाएको छ, जसको असर यो तथ्याङ्कले समेटेको छैन । त्यो हुँदा रूसबाट बाहिरिने निर्णय एप्पलका लागि निकै ठूलो भार पर्नसक्ने आँकलन गरिएको छ ।