काठमाडौं । बढ्दो गलत सूचना र स्प्याम म्यासेजलाई राक्न ह्वाट्सएपले नयाँ कदम अघि बढाउने भएको छ । त्यसका लागि कम्पनीले म्यासेज फरवार्डमा रोक लगाउने तयारी गरेको पाइएको छ ।
हुन त यसअघि सन् २०१९ देखी ह्वाट्सएपले धेरै शेयर भएको म्यासेज एक पटकमा ५ जनासम्मलाई फर्वाड गर्न सकिने बनाएको थियो । त्यस्तै सन् २०२० मा कम्पनीले उक्त लिमिटेसनलाई अझ कम गर्दै एक पटकमा एकजनालाई मात्रै पठाउन सकिने व्यवस्था गरेको थियो ।
झन्झट नै भएपनि यसअघिसम्म प्रयोगकर्ताले पालैपालो आफ्ना साथीभाइलाई म्यासेज पठाउने सक्ने अवस्था थियो । अब भने त्यसलाई पनि प्रतिबन्ध लगाउने तयारीमा ह्वाट्सएप देखिएको छ ।
मेटा अन्तर्गतको ह्वाट्सएपले अब धेरै शेयर भइरहेको म्यासेज एक जना प्रयोगकर्ताले एक जनालाई भन्दा बढीलाई फर्वाड गर्न नमिल्ने बनाउने भएको छ ।
कम्पनीले कुनै पनि म्यासेज ४ पटक भन्दा बढी शेयर भएको खण्डमा त्यस्ता म्यासेजलाई धेरै शेयर हुने म्यासेजको रुपमा लिने गरेको छ । यस्तोमा ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने संस्था ‘वाबेटाइन्फो’ का अनुसार कम्पनीले बढी शेयर हुने म्यासेजलाई रोक्ने गरी नयाँ लिमिटेसनको तयारी भएको हो ।
जुन ह्वाट्सएपको बेटा भर्सन भी२.२२.७.२ मा यो फिचर देखिएको छ । यो फिचर आम प्रयोगकर्तामाझ कहिलेबाट उपलब्ध हुन्छ भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन् ।