close

पुराना र अनावश्यक ई-मेल डिलिट गर्ने स्मार्ट तरिका

टेकपाना टेकपाना

फागुन २६, २०७८ १२:४

पुराना र अनावश्यक ई-मेल डिलिट गर्ने स्मार्ट तरिका

काठमाडाैं । हामीले दैनिक रूपमा मोबाइल, ल्यापटप, डेस्कटप कम्प्युटर अथवा अन्य विद्युतीय उपकरण प्रयोग गरिरहेका हुन्छौँ । यस्ता उपकरण प्रयोग गर्ने क्रममा इन्स्टल गरिने सफ्टवेर वा एपमा लगईन गर्न ई-मेल आईडीको आवश्यकता पर्छ ।

फेसबुक, ट्वीटर लगायतका एपमा लिंक गर्न, अनलाइनबाट आवेदन दिनेदेखि कुनै पनि वेबसाइटमा लगईन गर्न समेत ई-मेल आईडी चाहिन्छ ।

त्यति मात्र होइन, स्मार्टफोन प्रयोग गर्नका लागि समेत यो अनिवार्य जस्तै हुन्छ । लगईन गर्दा लिङ्क भएको जिमेल आईडीमा आउने ई-मेलले हाम्रो जिमेलको स्टोरेज भरिँदै जान्छ र आवश्यक ई-मेल चाहिएको बेला फेला पार्न धेरै समय लाग्न सक्छ ।

प्राय: धेरै पुराना र अनावश्यक ई-मेलहरू थुप्रिएको अवस्थामा पुराना सबै ई-मेल खोज्दै डिलिट गर्ने कार्य पनि त्यति सजिलो छैन । आफ्नो जिमेल खोल्नुभयो भने सम्भवतः त्यहाँ सयाैं ई-मेल थुप्रिएर बसेका हुनसक्छन् ।

अब त्यसमध्येबाट पुराना र अनावश्यक ई-मेल छानेर कसरी डिलिट गर्ने त ? यदि यस्तै किसिमको दुविधामा हुनुहुन्छ भने आज हामी तपाईँलाई एउटा सजिलो उपाय बताउँदै छौँ ।
यस्तो छ तरिका

१. यसका लागि तपाईँलाई केही कोडहरू आवश्यकता पर्दछ । जिमेलको सर्च बक्समा गएर ‘older_than:1y’ लेखेर सर्च गर्नु भयो भने एक वर्षअघिका ई-मेलहरू देखिनेछन् । वर्षौंदेखि जिमेल चलाउँदै आउनुभएको छ भने ‘1y’ को ठाउँमा ‘5y’, ‘8y’ ‘10y’ आदि राखेर खोज्न पनि सक्नुहुन्छ । 


त्यसैगरी, यदि तपाईँलाई ६ महिना वा ११ महिना अघिका ई-मेलहरूको सूची निकालेर त्यसलाई हटाउनु पर्ने भयो भने जिमेलको सर्च बक्समा गएर ‘older_than:6m’ सर्च गर्न सक्नुहुनेछ । 

त्यसैगरी, तपाईँले हेर्दै नहेरेका अनावश्यक ई-मेलहरु खोजेर हटाउनका लागि ‘label:unimportant’ लेखेर सर्च गर्नु भयो भने, अनावश्यक ई-मेलहरुको सूची देखिन्छ ।

यसरी पुराना ई-मेल फिल्टर गरेर सजिलै डिलिट गरी स्टोरेज खाली गर्न र आफूले चाहेको ई-मेल सहजै फेला पार्न सक्नुहुन्छ । 

याे पनि पढ्नुहाेस्: गुगल अकाउन्टमा स्पेस भरिएर दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२