close

बिटक्वाइन सर्जक ‘सातोशी नाकामोतो’ बारे एलन मस्कको यस्तो मजाक

टेकपाना टेकपाना

फागुन २७, २०७८ १७:२१

बिटक्वाइन सर्जक ‘सातोशी नाकामोतो’ बारे एलन मस्कको यस्तो मजाक

काठमाडौं । भर्चुअल मुद्रा बिटक्वाइनको सुरुवात कसले गर्‍यो, किन गर्‍यो र कहाँबाट गर्‍यो भन्ने विषयमा अहिले पनि उस्तै विवाद छ ।

जापानी नाम भएको व्यक्ति ‘सातोशी नाकामोतो’ ले बिटक्वाइन बनाएर प्रचलनमा ल्याए भन्ने कुरा रहेपनि आजसम्म ती व्यक्ति को हुन् र के साँच्चै जापानबाट नै हुन् त भन्ने विषयमा प्रश्न विद्यमान नै छ ।

त्यतिमात्र हाेइन, ती व्यक्ति कहाँ छन्, के गर्दै छन्, साथै सातोशी नाकामोतो एउटा व्यक्तिको नाम हो वा संस्था अथवा कुनै समुहको भन्ने विषयमा पनि अझै केही निश्चित भइसेकेको छैन ।

यो बीचमा विश्वका धनी व्यक्ति एलन मस्कले आफूले सातोशी नाकामोतो पत्ता लगाएको भन्दै आफ्नो ट्वीटरमा पोस्ट गरेका छन् । उनले बिना कुनै क्याप्सन अथवा अन्य कुनै विवरण एउटा फोटो पोस्ट गरेका छन् ।

उक्त फोटोमा विश्वका चारवटा ठूला कम्पनीको लोगो सहितको नाम छ । त्यहाँ उनले सबै नामको अगाडिका अक्षरमा गोलो चिन्ह बनाएका छन् ।

सबैभन्दा सुरुमा सामसङको लोगोमा अगाडिको ‘सा’ शब्दमा गोलो चिन्ह लगाइएको छ भने क्रमशः तोशिबाको ‘तोशि’, नाकामिचिको ‘नाका’ र मोटोरोलाको ‘मोटो’ । यी सबै गोलो चिन्हलाई मिलाएर हेर्ने हो भने यसको पूर्ण रुप ‘सातोशी नाकामोतो’ भन्ने हुन्छ ।

उनको यो ट्वीट अन्य प्रयोगकर्ताका लागि बहसको विषय बनेको छ । केहीले मस्क नै सातोशी नाकामोतो भएको बताएका छन् भने केहीले उनले यो ट्वीट मार्फत के कुराको संकेत गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।

यो व्यङ्ग्यबाट बाहिर आएर हेर्ने हो भने सातोशी नाकामोतो भन्ने पात्र आज पनि गौण नै छ । नाकामोतोले सुरु गरेको बिट्क्वाइनले आज विश्वभर निकै नै चर्चा कमाइरहेको छ ।

उता बजारमा पनि यसको भाउ पनि अन्य क्रिप्टोकरेन्सीहरूको भन्दा धेरै माथि छ । उनले सन् २०१० को डिसेम्बर १३ मा बिट्क्वाइनटकमा आफ्नो अन्तिम म्यासेज छोडेका थिए ।

त्यस्तै उनले सन् २०११ को जनवरीमा आफ्नो अन्तिम ईमेल भेटिएको छ । केहील नाकामोतोको मृत्यु भइसकेको बताएका छन् भने केहीले यो कुनै एक व्यक्ति मात्र नभएर एउटा समूह नै भएको अनुमान गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२