काठमाडौं । सामसङले भारतमा आफ्नो पहिलो मोबाइल स्टोर खोलेको छ, जहाँ महिला कर्मचारीहरू मात्र हुनेछन् । यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पार्दै सामसङ इण्डियाले लैंगिक विभेदविरुद्ध यो कदम चालेको बताएको छ ।
सामसङको यो नयाँ स्टोर भारतको अहमदाबादमा छ । भारतीय महिलाहरूको सशक्तिकरणलाई प्रोत्साहन दिएर कम्पनीले आफ्नो बजार हिस्सा बढाउने प्रयास गरेको हाे ।
नयाँ सामसङ स्मार्ट क्याफेले ग्राहकहरूलाई सबै महिला कर्मचारी सेटअपका साथ अनौठो किनमेल अनुभव प्रदान गर्ने बताइएकाे छ । यहाँका स्टोर प्रबन्धक, सामसङ एक्सपेरियन्स कन्सलटेन्ट (अनुभव परामर्शदाता) र अन्य कर्मचारी सबै महिला नै छन् ।
ग्राहक सेवा, व्यवसाय व्यवस्थापन, लेखा लगायतको तालिम दिएर यो स्टोरमा कर्मचारीहरू नियुक्त गरिएको बताइएको छ ।