close

मस्कले डिजिटल क्वाइन बिक्री नगर्ने घाेषणा गर्दा बढ्यो क्रिप्टोको मूल्य  

टेकपाना टेकपाना

फागुन ३०, २०७८ १४:४९

मस्कले डिजिटल क्वाइन बिक्री नगर्ने घाेषणा गर्दा बढ्यो क्रिप्टोको मूल्य  

काठमाडौं । विश्वका धनाढ्य एलन मस्कले आफूसँग भएका डिजिटल क्वाइन अहिले नै बिक्री नगर्ने बताउँदा बिटक्वाइन, इथर र डजक्वाइनको मूल्य वृद्धि भएको छ ।

एलन मस्कले आफ्नो ट्वीटरमा ट्वीट गर्दै आफूसँग बिटक्वाइन, इथेरियम र डज भएको र अहिले बिक्री नगर्ने बताएका थिए ।

यो ट्वीट आउनुभन्दा अगाडिसम्म २.९ प्रतिशतले मूल्य घटिरहेको बिट्क्वाइनको मूल्यमा सोमबार सुधार आएको छ । त्यस्तै इथर पनि २.३ प्रतिशतले बढेको छ भने डजक्वाइन ३.८ प्रतिशतले बढेको छ ।

यी तिनै डिजिटल टोकनको मूल्य थप बढ्ने क्रममा नै रहेको छ ।

मस्कको क्रिप्टोकरेन्सीसँगको सम्बन्ध कुनै नौलो होइन । मस्कले समय समयमा आफ्नो ट्वीटरमा गर्ने ट्वीटका आधारमा पनि क्रिप्टोकरेन्सीहरूको मूल्यमा उतारचढाव आइरहेको हुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२