close

विद्युतीय गाडी बनाउन विद्यार्थीलाई गोल्छा ग्रुपको सहयोग

टेकपाना टेकपाना

चैत १, २०७८ ९:११

विद्युतीय गाडी बनाउन विद्यार्थीलाई गोल्छा ग्रुपको सहयोग

काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी ‘मैचा’ बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।

विद्यार्थीहरुले आवश्यक सीपअनुसार टोली निर्माण गर्ने, प्रायोजक खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिबाट काम सुरु गरेका थिए ।

फेब्रुअरी २०२२ सम्म निर्माण टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको बताइएकाे छ

अनेकन टेस्ट राइडहरु पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ । सबै नियम पालना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरु अनुसार गाडी बनाइएको निर्माण टाेलीले जानकारी दिएकाे छ ।

‘मैचा’ को ब्याट्रीले १ किलोवाट आवर चार्जबाट १५० किलोमिटर सम्मको रेन्ज दिन्छ । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२