close

खल्तीबाट किस्ता तिर्दा शतप्रतिशत क्यासब्याक पाइने 

टेकपाना टेकपाना

चैत १, २०७८ १६:३

खल्तीबाट किस्ता तिर्दा शतप्रतिशत क्यासब्याक पाइने 

काठमाडौं । खल्ती मार्फत किस्ता तिर्दा १०० प्रतिशत सम्म क्यासब्याक पाउन सकिने भएको छ । 

खल्ती डिजिटल वालेटले आफ्ना ग्राहकहरूको लागि “ईएमआई डन १०० % रिटर्न” अफर ल्याएको छ । यस अफर अन्तर्गत १०० प्रतिशत सम्म क्यासब्याक साथै दुई भाग्यशाली विजेताहरूले स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् । अफर अन्तर्गत हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट, स्याकार-होन्डा र एमएडब्लु इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडको ईएमआई अर्थात किस्ता, खल्ती मार्फत भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानीमा १००% क्यासब्याक (५,००० रुपैयाँको अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्न सक्ने खल्तीले जनाएको छ । 

यो अफर चैत १ देखि चैत ३०, २०७८ सम्म मान्य हुनेछ । त्यस्तै ५,००० रुपैयाँ माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३